Saturday Apr 18, 2026


आज राम नवमी, देशभर मनाइँदै

Image
१६ चैत २०७९, बिहिवार
Avatar
नेपालि खबर

काठमाण्डाै - आज राम नवमी पर्व ।  रामको पूजा आराधना गरी देशभर मनाइँदैछ । हरेक वर्ष चैत्र शुक्ल नवमीका दिन देशभरी श्रद्धा र भक्तिपूर्वक ‘रामनवमी’ पर्व मनाउने गरिएको छ ।


हिन्दु धर्मग्रन्थ रामायण अनुसार चैत्र शुक्ल नवमी तिथिमा पर्ने आजको दिनलाई भगवान श्रीरामको जन्मदिनको रूपमा लिइन्छ । यो पर्व चैत्र नवरात्रको बीचमा आउने भएकाले यो दिन भगवान श्री रामका साथै नवदुर्गा देविको पनि पूजा हुन्छ ।


त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन अयोध्यामा जन्मिएका रामले दानवीय प्रवृत्तिका रावणको अन्त्य गरी जन कल्याण गरेको सम्झनामा यो पर्व मनाइने गरिएको हो । आजका दिन व्रत बसी रामको पूजापाठ र जप ध्यान गर्नाले चिताएको कार्य पूरा हुने जनविश्वास छ ।


आजको दिन हिन्दु धर्मावलम्बीहरू बिहानै नुहाइधुवाइ गरी राम मन्दिरमा गएर पूजा आराधना गर्ने गर्दछन् ।


यस्तै, आज जनकपुरको रामजानकी मन्दिरमा भव्य पूजाआजा हुन्छ । रामजानकी मन्दिरमा नेपाल तथा भारतबाट ठूलो सङ्ख्यामा श्रद्धालु भक्तजनहरु आउने गर्दछन् । आज देशभरकै राम मन्दिरमा भक्तजनको भिड लाग्ने गर्छ ।

Advertisement

सम्बन्धित खबर