Saturday Apr 18, 2026


मधेशका मुख्यमन्त्रीको आह्वान – मिटरब्याज समस्याविरुद्ध संयुक्तरुपमा लडौं

Image
१५ चैत २०७९, बुधवार
Avatar
मधेश ब्युरो

जनकपुरधाम । मधेश प्रदेश सरकारले मिटरब्याज पीडितको आन्दोलनमा आफ्नो समर्थन रहेको जनाएको छ ।

मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार बिहान एक विज्ञप्ति जारी गर्दै मिटरब्याज पीडितको हरेक पाइलामा सर्थन रहेको बताउँदै यो समस्या समाधानका लागि संयुक्तरुपमा लड्नुपर्ने बताएका छन् ।

‘गरीब झन् गरीब हुने, भएको सम्पत्तिसमेत स्वाहा हुने राष्ट्रिय समृद्धिको बाधक यो समस्याविरुद्ध संयुक्तरुपमा लड्न म मधेश प्रदेश सरकारको तर्फबाट सारा विद्वत वर्ग, चिन्तक, योजना विद्, विज्ञहरुलाई आह्वान गर्द्छु,’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

उनले मिटरब्याज मधेश प्रदेशको मात्र समस्या नभएको बताउँदै गरीब झन गरीब हुने भएको यो समस्याविरुद्ध संयुक्त रुपमा लड्न अपिलसमेत गरेका छन् ।

उनले मिटरब्याज पीडितको समस्या मधेश सरकारको पनि सरोकार र दायित्व भएको बताउँदै सरकारले आन्दोलनलाई साथ दिने बताएका छन् ।

‘ठूलो वेदना बोकेर काठमाडौं पुग्नुभएका मिटरब्याज पीडित हाम्रा दाजुभाइ दिदीबहिनीहरु । तपाईंको हरेक पाइलामा हाम्रो साथ छ, तपाईंको आँसुको हरेक थोपामा हाम्रो पनि सरोकार र दायित्व छ । हामी जिम्मेवारीबाट भाग्न सक्दैनौं,’  मुख्यमन्त्री यादवले भनेका छन् ।

Advertisement

सम्बन्धित खबर