Saturday Apr 18, 2026


सुरु भयो एसईईः परीक्षामा चार लाख ८४ हजार २२७ विद्यार्थी सहभागी

Image
१७ चैत २०७९, शुक्रवार
Avatar
नेपालि खबर

काठमाण्डौं। यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार बिहान ८ बजे परीक्षाा सुरु भएकाे हाे। 

आज पहिलाे दिन परीक्षार्थी अनिवार्य अंग्रेजी र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा, साहित्य र अनिवार्य अंग्रेजीको परीक्षा दिँदै छन्। 


एसईईका लागि देशभर २ हजार ३६ र जापानमा एउटा परीक्षा केन्द्र निर्धारण गरिएको कार्यालयले जानकारी दिएको छ। 


चैत २९ गतेसम्म सञ्चालन हुने एसईई बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।

परीक्षामा करिब ५ लाख विद्यार्थी सहभागी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। 

तस्बिर लिन निषेध

एसईईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले विद्यार्थीलाई कुनै डरत्रास नलिई ढुक्क भएर परीक्षा दिन आग्रह गरेका छन्। परीक्षा केन्द्रमा परीक्षामा लैजान नहुने कुनै पनि वस्तु लगेको पाइएमा र जबर्जस्ती गर्न खोजेमा वा केन्द्रमा खटिएका कर्मचारीबाट कुने गलत गतिविधि भएका प्रचलित कानुन अनुसार कारबाही हुने उनले बताएका छन्। 


परीक्षा केन्द्रमा अत्यन्तै सीमित, आवश्यक र तोकिएका व्यक्ति परीक्षा समितिको अनुमति लिएर मात्रै अनुगमन गर्न पाइने भएको छ। परीक्षा हलभित्र कुनै पनि तस्बिर लिन नपाइने भएको छ। यसपटक सञ्चारकर्मीलाई पनि परीक्षा केन्द्रका बाहिरको गतिविधिहरुको तस्बिर लिन पाइने तर परीक्षा सुरु भएपछि परीक्षा हलभित्र गएर तस्बिर लिन नपाइने व्यवस्था गरेको परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिएका छन्।


उनले भने, ‘अनुगमन तथा तस्बिर लिने नाममा परीक्षा हलभित्र मानिस पस्दा विद्यार्थीको मनोबल गिर्छ, परीक्षार्थीलाई अवरोध हुने गरी तस्बिर लिँदा, विद्यार्थी टोलाउने, को आयो भनेर हेर्दा लेखिरहेको उत्तर पनि बिग्रने सम्भवना र गुनासा आएकाले यसवर्ष परीक्षा हलभित्र तस्बिर दिन नपाइने व्यवस्था गरेका छौँ।’ 


विद्यार्थीका लागि एक मिनेट, एक सकेन्डको पनि महत्त्व हुने भएकाले तोकिएका र परीक्षा समिति तथा सम्बिन्धत निकायका व्यक्तिबाहेक अन्यलाई अनुगमन तथा तस्बिर लिने नाममा जथाभावी परीक्षा हलमा नपठाइने भएको हो।


Advertisement

सम्बन्धित खबर