Friday Jan 09, 2026


वायु प्रदूषणका कारण नेपालमा वार्षिक ४२ हजारको मृत्यु

Image
२५ चैत २०७९, शनिवार
Avatar
नेपालि खबर

काठमाडौं । वायु प्रदूषणका कारण नेपालमा वार्षिक ४२ हजार एक सयजनाको मृत्यु हुने गरेको एक अध्ययनले देखाएको छ ।


विश्व स्वास्थ्य दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र यूएसआईडीले सार्वजनिक गरेको अध्ययनले नेपालमा सन् २०१९ मा मात्रै वायुप्रदूषणका कारण ४२ हजार १ सय जनाले ज्यान गुमाएको देखाएको हो ।


जसमा ५८० जना काठमाडौं उपत्यकामा बसोबास गर्नेछन् । सन् २०२२ को मार्च ४ गतेको वायु प्रदूषण मापन गर्ने यन्त्रको प्रतिवेदनअनुसार नेपाल विश्वका १३१ देशमध्ये वायुप्रदूषण हुने देशको सूचीमा १६औं स्थानमा छ ।


नेपालमा फोक्सोको समस्याका कारण मृत्यु हुनेमध्ये ६६ प्रतिशतको मृत्यु वायु प्रदूषणका कारण हुने गरेको अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य दिवसको अवसरमा स्वास्थ्य मन्त्रालयमा एक जोडी कृत्रिम फोक्सोसमेत जडान गरिएको छ ।

Advertisement

सम्बन्धित खबर