Wednesday Sep 09, 2026


पोर्न स्टार प्रकरणः डोनाल्ड ट्रम्पले अदालतमा आत्मसमर्पण गर्दै

Image
१७ चैत २०७९, शुक्रवार
Avatar
नेपालि खबर

एजेन्सी।एक जना पोर्न स्टारसँगको सम्बन्धका कारण विवादमा परेका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतमा आत्मसमर्पण गर्ने सम्भावना बढेको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् । उनले आगामी हप्ता न्यूयोर्कस्थित फौजदारी अदालतमा आत्मसमर्पण गर्ने सम्भावना रहेको बीबीसीले जनाएको छ । फ्लोरिडामा बस्दै आएका ७६ वर्षीय ट्रम्प अदालतको पहिलो सुनुवाइमा आफैं उपस्थित हुँदा उनको सुरक्षाको जिम्मा अमेरिकाको सिक्रेट सर्भिसलाई दिइएको छ । ट्रम्पले पोर्न स्टार स्टोर्मी डेनियल्सलाई गोप्य रुपमा रकम दिने गरेको समाचार सन् २०१६ को अमेरिकी राष्ट्रपति निर्वाचनको केही दिन अगाडि सार्वजनिक भएको थियो । राष्ट्रपति चुनावको नतिजा रोक्न ट्रम्पका समर्थकहरुले संसद भवनमा हुलदंगा र तोडफोड गरेको घटनामा पनि ट्रम्प मुछिएका थिए । एक जुरीले यी घटनाहरुमा ट्रम्प दोषी रहेको भन्दै उनीमाथि फौजदारी अभियोग लगाउन मिल्ने सुझाव सरकारलाई बुझाएको थियो । सन् २०१८ मा अमेरिकी अखबार वाल स्ट्रिट जर्नलमा प्रकाशित भएको एक लेखमा राष्ट्रपति ट्रम्पका तत्कालीन वकिल माइकल कोहेनले अक्टुबर २०१६ मा पोर्न स्टार स्टोर्मी डेनियल्सलाई १ लाख ३० हजार डलर दिएको उल्लेख थियो । ट्रम्पले आफूहरुबीचको सम्बन्धबारे सार्वजनिक नगरिदिन आग्रह गर्दै सो रकम दिएको लेखमा दाबी गरिएको थियो । कानुनी रुपमा यो भुक्तानी अवैध भएको पत्ता लागेपछि ट्रम्प विवादमा तानिएका थिए । उनीमाथि यो घटनाको प्रमाण लुकाउन कागजी दस्तावेज हेरफेर गरेको आरोप समेत लागेको छ । करिब दुई वर्षअघि अमेरिकी संसद रहेको क्यापिल हिलमा भएको हिंसाको विषयमा छानबिन गरेको एक समितिले देशद्रोहका निम्ति दुरुत्साहन गरेको, अमेरिकालाई घात गर्ने षड्यन्त्र गरेको, झुटो वक्तव्य बनाउने षडयन्त्र गरेको र औपचारिक प्रक्रियामा अवरोध पुर्याएको विषयमा फौजदारी अभियोग लगाउन सिफारिस गरेको हो ।



फ्लोरिडामा बस्दै आएका ७६ वर्षीय ट्रम्प अदालतको पहिलो सुनुवाइमा आफैं उपस्थित हुँदा उनको सुरक्षाको जिम्मा अमेरिकाको सिक्रेट सर्भिसलाई दिइएको छ ।


ट्रम्पले पोर्न स्टार स्टोर्मी डेनियल्सलाई गोप्य रुपमा रकम दिने गरेको समाचार सन् २०१६ को अमेरिकी राष्ट्रपति निर्वाचनको केही दिन अगाडि सार्वजनिक भएको थियो । राष्ट्रपति चुनावको नतिजा रोक्न ट्रम्पका समर्थकहरुले संसद भवनमा हुलदंगा र तोडफोड गरेको घटनामा पनि ट्रम्प मुछिएका थिए । एक जुरीले यी घटनाहरुमा ट्रम्प दोषी रहेको भन्दै उनीमाथि फौजदारी अभियोग लगाउन मिल्ने सुझाव सरकारलाई बुझाएको थियो ।




सन् २०१८ मा अमेरिकी अखबार वाल स्ट्रिट जर्नलमा प्रकाशित भएको एक लेखमा राष्ट्रपति ट्रम्पका तत्कालीन वकिल माइकल कोहेनले अक्टुबर २०१६ मा पोर्न स्टार स्टोर्मी डेनियल्सलाई १ लाख ३० हजार डलर दिएको उल्लेख थियो । ट्रम्पले आफूहरुबीचको सम्बन्धबारे सार्वजनिक नगरिदिन आग्रह गर्दै सो रकम दिएको लेखमा दाबी गरिएको थियो ।


कानुनी रुपमा यो भुक्तानी अवैध भएको पत्ता लागेपछि ट्रम्प विवादमा तानिएका थिए । उनीमाथि यो घटनाको प्रमाण लुकाउन कागजी दस्तावेज हेरफेर गरेको आरोप समेत लागेको छ ।


करिब दुई वर्षअघि अमेरिकी संसद रहेको क्यापिल हिलमा भएको हिंसाको विषयमा छानबिन गरेको एक समितिले देशद्रोहका निम्ति दुरुत्साहन गरेको, अमेरिकालाई घात गर्ने षड्यन्त्र गरेको, झुटो वक्तव्य बनाउने षडयन्त्र गरेको र औपचारिक प्रक्रियामा अवरोध पुर्याएको विषयमा फौजदारी अभियोग लगाउन सिफारिस गरेको हो ।

Advertisement

सम्बन्धित खबर