एजेन्सी । बच्चा भएपछि धेरै जसो जोडीको सम्बन्धमा दुरी आउन थाल्छ । यस्तो हुनुको पछाडि बच्चा भइसकेपछि दुबैजनामा जिम्मेवारी बढ्न जान्छ जसले गर्दा उनीहरु एकअर्काबीच समय बिताउन पाउँदैनन् । दिनभर बच्चालाई सम्हाल्ने, उनीहरुकै इच्छा पूरा गराउने साथै घरका जिम्मेवारीहरुलाई पूरा गर्नका निम्ति श्रीमान श्रीमती नै लागिरहेका हुन्छन् जसकारण उनीहरुबीच नै दुरी आउन थाल्छ ।
यस्तो अवस्थामा यदी सम्बन्धलाई सम्हाल्न सकिएन भने यही सानो सानो दुरीले सम्बन्ध टाढा पनि बनाउन सक्छ । यदी तपाईं पनि बच्चा भएपछि यही परिस्थितिबाट गुज्रिरहनुभएको छ भने हामी तपाईंलाई केही टिप्स बताउनेछौं जसले गर्दा सम्बन्ध फेरि गाढा भएर जानेछ ।
एक अर्काका लागि समय निकाल्ने
बच्चा भएपछि कतिपय अवस्थामा हामी एकअर्काका लागि समय निकाल्न बिर्सन्छौं । यस्तो तपाईं बच्चा भए पछि पनि आफू दुईको लागि केही समय निकाल्नुहोस् । कतिपय अवस्थामा तपाईं बच्चालाई घरका अन्य सदस्यको जिम्मामा दिन सक्नुहुन्छ । वा घरमै पनि बच्चा सुतेको वा खेलिरहेको अवस्थामा दुई जनाको लागि समय मिलाउन सक्नुहुन्छ । सम्बन्धमा समय नदिनुका कारण सम्बन्धमा तिक्तता पैदा हुन थाल्छ ।
निद्रा पूरा लिने गर्नुस्
कतिपय अवस्थामा श्रीमानश्रीमतीमा निद्रा पूरा नहुँदा पनि सम्बन्धमा दुरी पैदा हुन सक्छ । यस्तो अवस्थामा उनीहरुलाई ध्यान दिन जरुरी छ, दुबैले पूरा निद्रा लिने प्रयास गर्ने । यदी बच्चा रातभर जाग्ने खालको छ भने पनि त्यसको रुटिन बनाउनुस् बच्चालाई पालैपालो हेर्ने । अथवा, बच्चालाई पनि दिउँसो धेरै नसुत्ने रातीमा नै सुत्ने खालको रुटिन बनाइदिनुस् । त्यसो गरियो भने बच्चा सुत्छ र तपाईं दुईले आफ्नो लागि समय निकाल्न सक्नुहुन्छ ।
घुम्न जाने
हनीमून जस्तै हिजोआज बेबीमुनको पनि चलन आएको छ । दैनिक कामकाजबाट यो एउटा छोटो विश्राम पनि हुन्छ । बेबीमुनमा मानिसहरु किन पनि जाने गर्छन् भने उनीहरु त्यहाँ आफ्नो लागि समय निकाल्न सक्छन् । त्यहाँ उनीहरु घरको तथा बाहिरको कामकाजबाट फ्रि हुन्छन् जसले गर्दा उनीहरुले एकअर्कासँग समय बिताउन सक्छन् ।
आफूलाई बेवास्ता नगर्ने
अरुलाई प्रेम गर्नुपूर्व एकदमै जरुरी छ आफूलाई पे्रम गर्नु । त्यसैले आफूलाई बेवास्ता कहिल्यै गर्नुहुँदैन । जब कोही व्यक्तिले आफूलाई प्रेम गर्छ ऊ खुशी पनि हुने गर्छ । सम्बन्धलाई बलियो बनाइरहनको लागि आफूलाई प्रेम गर्नु पनि एकदमै जरुरी छ । यदी तपाईं आफैसँग खुशी हुन सक्नुभएन भने अरुसँग पनि खुशी हुन सक्नुहुने छैन ।
बच्चा भएपछि पतिपत्नीमा आउने नयाँ जिम्मेवारीबाट डराउनु हुँदैन । यसलाई पनि एउटा रुटिन बनाएर लैजानु पर्छ । कामलाई दुबैजनाबीच बाँडेर गर्दा सजिलो हुन्छ । दुबैले एकअर्काको समस्या बुझ्ने प्रयास गर्यो भने यसले एकअर्काप्रति मायाप्रेम बनाइरहन मद्दत गर्दछ । एकअर्काबीच कुराकानी गर्न बन्द गर्नुहुँदैन ।