Wednesday Sep 09, 2026


भरतपुर महानगरपालिका फोहोर व्यवस्थापनमा असफल

Image
२८ पुष २०७९, बिहिवार
Avatar
नेपालि खबर

शुसिल पन्त, चितवन ब्युरो । भरतपुर महानगरपालिका फोहोर व्यवस्थापनमा असफल हुँदै गएको छ । स्थानीय सरकारको पहिलो कार्यकाल सकिएर दोस्रो कार्यकाल चलिरहदा पनि महानगरपालिका महानगर भित्रैबाट निस्किने फोहोर व्यवस्थापनमा चुकेपछि स्थानीय निरन्तर आलोचना गर्दै आएका छन् । 

फोहोर व्यवस्थापनको समस्या हल हुनुको साटो उल्टै चुनौती थपिएको छ । व्यवस्थित ल्याण्डफिल्ड साइट नहुँदा महानगर पालिकाले भरतपुर महानगरपालिका वडा नम्बर ३ नगर वनमा फोहोर फाल्दै आएको छ । यस अघि महानगरपालिकाले आँपटारीको जलदेवी सामुदायिक वनमा फोहोर फाल्दै आएको थियो । तर स्थानीयको व्यापक विरोधपछि महानगरले फोहोर फाल्नका लागि नगर वन रोज्यो । त्यहाँ पनि स्थानीयले समय समयमा अवरोध गर्दै आएका छन् । नगर वनमा फालिने फोहोरले दुर्घन्ध फैलाएको, नारायणी नदीलाई प्रदुषित बनाएको तथा वातावरणमा नै असर गरेको स्थानीयको गुनासो छ । 

दिर्घकालिन फोहोर व्यवस्थापन हुन नसक्दा महानगर बासी आजित छन् । भरतपुर महानगर भित्र दैनिक ७५ टन फोहोर निकिन्छ । महानगरपालिकाले फोहर व्यवस्थापनको लागि कोरियन संस्था सुडोनोन सँग सम्झौता गरेको थियो । भरतपुर महानगरपालिका वडा नम्बर ११ को आँपटारीमा रहेको १६ विगाहा जमिनमा फोहर प्रसोधन तथा व्यवस्थापन केन्द्र बनाउन गुरुयोजना सुडोनोनले तयार गर्ने गरी दुबै पक्षबीच समझदारी पत्र ९एमओयू०मा हस्ताक्षर समेत भएको थियो । तर कोरियन संस्था उक्त पोजेक्टबाट पछि हट्यो । कोभिडको कारण देखाउदै कोरियन कम्पनी पछि हटेपछि महानगरलाई फोहोर व्यवस्थापन फेरि टाउको दुखाइको बिषय बनेको छ । अहिले महानगर कोरियन संस्थाको भर पर्दा धोका भएको महानगरको वातावरण शाखाका प्रमुख ईन्जिनियर विराट घिमिरेको गुनासो छ । 

कोरियन कम्पनीले एक वर्षभित्र भरतपुर महानगरपालिकाको फोहर व्यवस्थापन सम्बन्धी विस्तृत योजना तयार गर्ने सम्झौता भएको थियो । त्यसको लागत ७ करोड लाग्ने अनुमान थियो । उक्त खर्च सोही संस्थाले व्यहार्ने भनिएको थियो । सम्झौता अनुसार सो कम्पनीले महानगरका हरेक वडाबाट निस्कने सिजन अनुसारको फोहरको प्रकृति, भोल्युम्का बारेमा अध्ययन गरेर योजना बनाउने भनिएको थियो । तर महानगरको योजना योजनामै सीमित छ ।

भरतपुर प्रमुख रेनु दाहालले भने, आफ्नो दोस्रो कार्यालयमा फोहोर व्यवस्थापनको समस्या जसरी पनि समाधान गर्ने दाबी गरेकी छन् । तर कहाँ कसरी गर्ने भन्ने वाग्मती टेलिभिजनको प्रश्नमा मेयर दहालले अहिले स्थायी डम्पिङ साईड पहिचाहनको काम चलिरहेको जवाफ दिएकी छन् । 

महानगरले नगर वनसँगै भरतपुर २४ धुव्रमा पनि फोहोर फाल्दै आएको छ । त्यहाँ पनि स्थानीयको व्यापक विरोध छ । विरोधका आवाज उठेपछि महानगरले विकासका आयोजनाहरू पारिदिने आश्वासन थमथमाउने गर्छ र छिट्टै व्यवस्थित ल्याण्डफिल्ड साइट बनाउने योजना रहेको आश्वासन बाँड्छ ।

भरतपुर महानगरमा यो साता ५ दिनदेखि फोहोर उठ्न नसकेपछि  स्मार्ट सिटी भनिने गरिएको भरतपुरमा फोहोर व्यवस्थापन मुख्य समस्या बनेको हो । यहाँ स्मार्ट सडकदेखि स्मार्ट शौचालयसम्म निर्माण हुँदै छन् । स्मार्ट योजनाहरू समयमै नसकिएर अलपत्र परेका छन् ।


भरतपुर क्षेत्रमा पटकपटक फोहोर थुप्रिने गर्छ । स्मार्ट सिटी भरतपुरमा मास्कले समेत नछेक्ने दुर्गन्धबाट स्थानीय पीडित हुनुपरेको छ ।

चितवनको सदरमुकाम हो भरतपुर । भरतपुरको पनि केन्द्रमा पर्छ चौविसकोठी । पश्चिम चितवनबाट आउने महानगरवासीलाई चौविसकोठी प्रवेश गर्ने बाटोमा फोहोरको थुप्रोले स्वागत गरेको जस्तो अनुभूति हुन्छ । त्रिचोकदेखि चौविसकोठीसम्मको बाटोको छेउमा स्वागत गर्न राखेझैँ फोहोरका थुप्रो देख्न सकिन्छ ।

भरतपुर–२४ मा धुव्र ल्याण्डफिल साइट छ । त्यहाँ फोहोर फाल्दा दुर्गन्ध फैलिएको भन्दै स्थानीयले पटक(पटक अवरोध गर्दै आएका छन् ।

‘बर्खामा धुव्र ल्याण्डफिलमा र हिउँदमा नगरवनमा फोहोर फालिने गरिएको थियो । अहिले नगरवनका स्थानीयले फोहोर फाल्न दिएका छैनन् ।

Advertisement

सम्बन्धित खबर