Saturday Jun 06, 2026


भ्यालेन्टाइन वीक एउटा यस्तो प्रेमको कथाः जुन निकै रोचक छ (तस्वीरसहित)

Image
२८ माघ २०७९, शनिवार
Avatar
गौरव अधिकारी

काठमाडौं । प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे । प्रेम जोडीहरूका लागि महत्वपूर्ण दिन हो । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरूका लागि पनि प्रणय दिवस उत्तिकै महत्वपूर्ण मानिन्छ ।

विशेष गरी यो दिवस १४ फेब्रुअरीका दिन विशेष रुपमा मनाइने गरिन्छ । भ्यालेन्टाइन डे आफैँमा एक रोमान्टिक र प्रेममय दिन हो ।

प्रेम गर्नका लागि कुनै सीमितता हुँदैन ।समग्रमा भन्दा प्रणय दिवस एउटा बाँच्ने आधारशिला नै हो । जीवनमा आफूलाई प्रेम गर्नेहरु र आफूले प्रेम गरिनेहरु भएन भने जिउनुमा कुनै सार्थकता हुँदैन थियो होला ?

प्रेम दुई विपरीत लिङ्गीबीच मात्रै होइन, प्रेम त परिवारसँग हुन्छ, साथीहरुसँग हुन्छ, आफना प्रियजनहरुसँग पनि हुन्छ । त्यसैले त प्रेमले मानिसलाई एक किसिमको बाँच्ने ऊर्जा दिन्छ ।

प्रणय दिवसका रुपमा रहेको यस दिन युवाले मन पर्ने प्रेमिका वा प्रेमीलाई वरषौं आँट गर्न नसकेका प्रेम प्रस्ताव राख्ने गर्छन् । सोही कारण पनि यस दिन युवायुवतीको विशेष आकर्षण हुने गर्छ ।

यतिबेला काठमाडौं उपत्यकामा भ्यालेन्टाइन डेको विशेष माहोल छ । काठमाडौं उपत्यकामा भ्यालेन्टाइन डे स्पेशल रुपमा मनाइँदै छ । काठमाडौं मात्रै होइन, भ्यालेन्टाइन डे देशभर नै प्रेमिल रुपमा मनाइँदै छ ।

७ फेब्रुअरीबाट शुरु भएको भ्यालेन्टाइन डे आज प्रमिस डे हो । आज प्रेमिहरु एकअर्काबीचमा वाचा बन्धनहरु खाने गर्दछन् ।

भ्यालेन्टाइन डे इटालीको रोमवाट शुरु भएको मानिन्छ । तेस्रो शताब्दीको अन्त्यतिर प्रारम्भ भएको भ्यालेन्टाइन डेको इतिहास सम्झँदा रोमका एक सम्राट्ले नारीसँगको सम्बन्धका कारण सुरक्षाकर्मीहरूमार्फत गोप्य कुराहरू बाहिर जाने डरले प्रेमर विवाहमा रोक लगाउने आदेश जारी गरे ।

सम्राटको आदेशलाई एक जना भ्यालेन्टाइन नामका व्यक्तिले उल्लङ्घन गरेका थिए । एक जना सर्वसाधारणले आफ्नो आदेशको उल्लङ्घन गरेको कुरा सम्राट्लाई सह्य भएन र उक्त व्यक्ति भ्यालेन्टाइनलाई मृत्युदण्ड दिए ।

उनलाई मृत्युदण्ड दिएको दिन १४ फेब्रुअरीमा संसारमा भ्यालेन्टाइन डे मनाउने प्रचलनको आरम्भ भएको हो ।

नेपालसहित अहिले विश्वभर नै भ्यालेन्टाइन वीक सुरु भएको छ । प्रेमिल जोडीहरुले काठमाडौं धपक्क बलेको छ ।

तस्वीर : न्युज एजेन्सी नेपाल

      

कुल ९ दिनको भ्यालेन्टाइन वीक आफैमा एउटा यस्तो प्रेमको कथा हो, जुन निकै रोचक छ । माया गर्ने जोडीका लागि हरेक दिन विशेष हुन्छ । त्यसमाथि, प्रेमको अभिव्यक्ति पछि दिनहरु थप रोचक हुन्छन् ।

यद्यपि भ्यालेन्टाइन डेमा मायालु जोडीहरूले आफ्ना प्रेमीहरूलाई फूल र टेडी बियर उपहार दिन्छन्, तर के तपाईंलाई यसको पछाडिको कथा थाहा छ । यो एक दिन मात्र नभई ९ दिनको पुरा प्रेम कथा हो, जुन हामी तपाईलाई बताउँनेछौं ।

७ देखि १४ फेब्रुअरीसम्म प्रेम नै प्रेम

फेब्रुअरी महिनाको पहिलो साता समाप्त हुने दिनदेखि नै जोडीको प्रेम अभिव्यक्त गर्ने सिजन सुरु हुन्छ । फेब्रुअरी ७ देखि नै प्रेमी–प्रेमिकाले १४ फेब्रुअरीका लागि माहौल बनाउन थाल्छन् । रोज डे फेब्रुअरी ७ मा मनाइन्छ, अर्थात् प्रेमीले आफ्नी प्रेमिका वा आफूले प्रपोज गर्न लागेको व्यक्तिलाई गुलाब दिन्छन् ।

त्यसको भोलिपल्ट अर्थात् फेब्रुअरी ८ मा उनीहरुले आफ्नो प्रेमिका वा प्रेमीलाई प्रपोज गर्छन् । यस दिनको लागि धेरै तयारी गरिएको छ र यहाँ तय गरिएको छ कि उनीहरूको भ्यालेन्टाइन डे राम्रो हुने हो कि यो आँसु बगाएर बिताउने हो ।

त्यसपछि फेब्रुअरी ९ मा जसको प्रस्ताव स्वीकृत भयो, उनले आफ्नो पार्टनरलाई चकलेट दिएर खुसी बनाउँछन् । यसपछि फेब्रुअरी १० मा टेडी डे आउँछ । यस दिन केटा र केटीहरूले आफ्नो पार्टनरलाई टेडी बियर दिएर आफ्नो प्रेम व्यक्त गर्छन् ।

त्यसपछि फेब्रुअरी ११ मा, तिनीहरूले एक लामो जीवन अगाडि बढाउने वाचा पनि लिन्छन् । यदि सबै ठीकठाक चलिरहेको छ भने, फेब्रुअरी १२ मा उनीहरूले एक अर्कालाई अँगालो हालेर हग डे मनाउँछन् ।

जब घनिष्ठता बढ्न थाल्छ, तब फेब्रुअरी १३ मा, प्रेमीहरूले चुम्बन दिवसमा एकअर्कालाई चुम्बन गरेर आफ्नो प्रेम व्यक्त गर्छन् । यसपछि उनीहरुको वास्तविक दिन अर्थात् भ्यालेन्टाइन डे आउँछ । फेब्रुअरी १४ मा, तिनीहरू संसारको अगाडि आफ्नो प्रेम घोषणा गर्छन् र एक अर्कामा हराएको देखिन्छ ।

यस्तो छ भ्यालेन्टाइन इतिहास

विशेषतः युवायुवतीबीच प्रख्यात छ, प्रणय दिवस। यो दिवस पादरी सेन्ट भ्यालेन्टाइनको बलिदानीसँग सम्बन्धित छ। तत्कालीन रोमनको सम्राट क्लाउडियस द्वितीयलाई आफ्ना सैनिकहरू प्रेम र विवाहमा लागे भने सैनिक सेवा प्रभावित हुन्छ भन्ने डर थियो। त्यसैले आफ्नो राज्यमा प्रेम गर्न निषेध गरेका थिए। सोही राज्यका सन्त पादरी भ्यालेन्टाइनले सम्राट्को निर्णय धर्मविरुद्ध हो भन्ने मान्थे। उनलाई अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् भन्ने लाग्थ्यो। त्यसैले भ्यालेन्टाइनले युवायुवतीलाई प्रेम गर्न प्रेरित गर्दै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे।

आफ्नो आदेश नमानेको निहुँमा पादरी सन्त भ्यालेन्टाइनलाई सम्राट्ले ईपू २७० को १४ फेबु्रुअरीका दिन मृत्युदण्ड दिए। उनै पादरीको सम्झनामा यो दिनलाई प्रणय दिवसको रूपमा मनाउने चलन सुरु भयो। जसले प्रेमका लागि जीवन उत्र्सग गरे।

जब भ्यालेन्टाइन मारिने निश्चित भयो, उनले आफ्नो श्रीमती जुलियाको नाममा पत्र लेखे। पत्रको अन्तिममा उनले तिम्रो भ्यालेन्टाइन लेखेका थिए। उनको चिहान वरपर उनकी श्रीमतीले अल्मोन्डको बिरुवा रोपेकी थिइन्। अल्मोन्डको बिरुवालाई आज पनि प्रेमको प्रतीकको रूपमा लिइन्छ।

यस्तो छ रोचक कथा

भनिन्छ प्रेममा न त भुगोल हुन्छ न जात नै । प्रेममा कुनै सीमा हँदैन । प्रेम आफैमा सर्वब्यापी हुन्छ । प्रेममा भित्रि भाव स्नेह हुन्छ । प्रेममा सृफ प्रेम हुन्छ । न त बाधा हुन्छ । प्रणय दिवस अर्थात ‘भ्यालेनटाइन डे’ फेब्रुअरी १४ मा मनाइन्छ । यो पश्चिमा संस्कृति अर्थात आयतित संस्कृति पनि भन्ने गरेको पाईन्छ । १४ फेब्रुअरी अर्थात प्रेम दिवस । विशेषगरि पश्चिमा देशहरुमा मनाइँदै आएको यो दिवस केही वर्षदेखि नेपालका युवाले पनि विशेष रुपमा मनाउन थालेका छन् । प्रणय दिवस सहजै पचाउन सकिएको अवस्था भने छैन । सहरी युवा बाहेक अन्यले यसलाई विदेशी चाड भएकाले विकृति मात्र ल्याएको धारणा राख्दै आएका पनि पाइएको छ । सायदै नेपालमा पनि भ्यालेनटाइन डे धुमधाम मनाईदै आईरहेको छ ।

किन मनाईदैछ त भ्यालेनटाईन डे ? यसको शुरुवात कसले गरेका थिए ? युवाले एकार्काबीच व्यक्त गर्न नसकेको प्रेमलाई व्यक्त गर्ने र प्रेममा भएका जोडीले माया अझ प्रगाढ दिनका रुपमा आजको दिनलाई उपयोग गर्छन् । आजको दिन युवाले आफ्ना प्रेमीप्रेमिकालाई रातो गुलाबको फूल उपहारका रुपमा आदानप्रदान गरेर प्रेम दिवस बनाउने गर्छन् ।

यसको शुरुवात कसरी र कहाँबाट भएको थियो ? यसको कथा भने रोचक नै मानिएको छ । एक सातासम्म मनाइने ‘प्रेम सप्ताह’मा हरेक दिन फरक फरक तरिकाले सेलेब्रेट गर्ने संस्कृति रहेको छ। यो समयमा रोज डे, प्रोपोज डे, चकलेट डे, टेडि डे, प्रोमिस डे, हग डेसँगै अन्तमा ‘भ्यालेनटाइन डे’ फ्रेब्रुअरी १४ मा मनाइन्छ।

प्रणय दिवसस् ‘भ्यालेनटाइन डे’को ईतिहास ?

प्रणय दिवसको औपचारिक सुरुआत सन् २६९ मा रोमबाट सुरु भएको मानिन्छ । रोमका तत्कालीन सम्राट् क्लोडियस द्वितीयले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लगाएका थिए। सम्राट्को आदेशको उल्लङ्घन गर्दै त्यहाँका पादरी सेन्ट भ्यालेन्टाइनले प्रेमका पक्षमा बोलेपछि धेरै सैनिकको उनले सार्वजनिक रुपमा विवाह गराएका थिए।

आदेश तोडेको आरोपमा उनलाई इपू ७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो। प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाउन थालिएको हो। विश्वभरि नै यस दिनलाई उत्सवका रूपमा मनाउने गरिन्छ। नेपालमा अझै पनि खुला रुपमा प्रेमको कुरा गर्नु विपरीत लिङ्गीसँगै हिँड्नुलाई सकारात्मक रुपमा सहज रुपमा ग्रहण गरिँदैन ।

तेस्रो सताब्दीमा एक रोममा एक शासक थिए, जसको नाम क्लोडियस । उनको मान्यता थियो, जब बिहे गरिन्छ पुरुषको शक्ति र बुद्धि नष्ट हुन्छ । त्यही कारण उनले राज्यमा यस्तो उद्घोष गरिदिए, ‘आजदेखि कुनैपनि अधिकारी वा सैनिकले बिहे गर्न पाउनेछैन ।’ तर, सन्त भ्यालेनटाइनलाई क्लोडियसको यो कुरा पटक्कै मन परेन ।

उनले फरमानको विरेध गरे । सन्त भ्यालेनटाइनले सबैलाई बिहे गर्नका लागि उक्साए । जागरुक गराए । यहि क्रममा केहि अधिकारी र सैनिकले बिवाह गरे । जब क्लोडियसलाई सन्त भ्यालेनटाइनले आफ्नो मान्यता विपरित प्रेम र बिवाहका लागि अरुलाई प्रेरित गरे, भ्यालेनटाइनलाई बन्दी बनाउने आदेश जारी भयो । उनलाई कालकोठरीमा बन्दी बनाइयो ।

आखिरमा सन्त भ्यालेनटाइनलाई फाँसी दिने भइयो । फाँसीको आदेश सुनेर सन्त भ्यालेनटाइनले जेलरकी दृष्टिविहिन छोरीको नाममा एक प्रेम पत्र लेखे । र त्यसको मुनी लेखे, ‘फ्रेम योर भ्यालेनटाइन ।’ यससँगै उनले प्रेमपूर्वक फूल उपहार पठाए । मृत्युअघि उनले जेलरलाई भने, ‘म मरेपछि मेरो आँखा तपाईकी आफ्नी दृष्टिबिहिन छोरीलाई दिनु ।’

राजाले सन् २६९ को १४ फेब्रुअरीमा भ्यालेनटाइनलाई फाँसी दिए । यहि दिनलाई भ्यालेनटाइनको समर्पणमा मानिसहरुले भ्यालेनटाइन डे मनाउन सुरु गरे ।

सुरुवाती दिनमा विधिवत् रुपमा भ्यालेनटाइन डे मनाइन्थ्यो । त्यसबेला प्रेमी-प्रेमिकाको हातले बनाइएको मुटु आकारको कार्ड आदनप्रदान गरिन्थ्यो । त्यसमा आफ्नो भावना व्यक्त गरिएको हुन्थ्यो । अहिले त्यस स्थानमा रेडिमेड कार्ड छाएको छ । पश्चिमा देशमा क्रिसमसपछि सबैभन्दा एक आपसमा कार्ड आदनप्रदान गर्ने भनेकै भ्यालेनटाइन डेमा नै भनिएको छ । पहिला पहिला फेब्रुअरी १४ अर्थात एकदिनलाई भ्यालेनटाइन डे भनिन्थ्यो । अहिले साताव्यापी रुपमा यो पर्व मनाइन्छ । यसको सुरुवात रोज डेबाट सुरु हुन्छ ।

गुलाब दिने, त्यसपछि प्रस्ताव राख्ने, त्यसपछि चकलेट दिने, त्यसपछि टेडी दिने, त्यसपछि प्रमिस गर्ने, त्यसपछि हग गर्ने र आखिरमा आखिरमा भ्यालेनटाइन डे मनाउने । यो सिलसिला फेब्रुअरी ७ बाट सुरु हुन्छ । फेब्रुअरी ७ लाई रोज डे, फेब्रुअरी ८ लाई प्रपोज डे र अन्य दिन एवं रितले मनाउने गरिन्छ ।

Advertisement

सम्बन्धित खबर