Wednesday Sep 09, 2026


चिनिया राष्ट्रपति सी आज रुसको राजकीय भ्रमणमा जाँदै : अमेरिका शसंकीत

Image
६ चैत २०७९, सोमवार
Avatar
नेपालि खबर

एजेन्सी।चिनियाँ राष्ट्रपति सी जिनपिङले सोमबार रुसको राजकीय भम्रण गर्दैछन्। रुसले युक्रेन आक्रमण गरेको एक वर्षपछि चिनियाँ राष्ट्रपतिको रुस भ्रमणलाई महत्त्वका साथ हेरिएको छ।भ्रमणलाई नजिकबाट हेरिरहेको अमेरिकी अधिकारीहरुले प्रतिक्रिया दिएका छन् । 


चीन र रुस नजिकका मित्र हुन् । यो भ्रमणमा सी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच विभिन्न विषयमा संवाद तथा सम्झौता हुने बताइएको छ। युक्रेनमाथि रुसले आक्रमण गरेपछि चीनले रुसको पक्षधरता देखाएको छ। रुसमाथि अमेरिकालगायत पश्चिमा देशले लगाएको प्रतिबन्धको चीनले खुलेरै विरोध गरेको थियो। तर गत महिना भने चीनले रुस र युक्रेन दुवै देशलाई युद्ध विरामका लागि आग्रह गरेको थियो।


परम्परागत मित्रतालाई मूर्तरुप दिने र ठूलो महत्त्व बोकेको यो भ्रमणले चीन र रुसबीचको रणनीतिक पारस्परिक विश्वास र सहयोगलाई प्रगाढ बनाउने चिनियाँ सञ्चारमाध्यमले ग्लोबल टाइम्सले उल्लेख गरेको छ। 


तर पश्चिमा देशहरुले भने चीनले रुस र युक्रेनबीचको युद्ध अन्त्यका लागि गर्न खोजेको मध्यस्थतालाई पश्चिमा देशले विकृत आँखाले हेरेको ग्लोबल टाइम्सको आरोप छ। सी रुसी राष्ट्रपति पुटिनको निमन्त्रणमा तीन दिने भ्रणका लागि आज मस्को पुग्न लागेका हुन्।

Advertisement

सम्बन्धित खबर