लिबियामा डुंगा पल्टिँदा करिब ३० जना आप्रवासी बेपत्ता भएका इटालीको तटरक्षक बलले जनाएको छ।
समुद्रमा डुबेका १७ जना आप्रवासीको उद्धार गरिएको छ। बेपत्ताको खोजी कार्य जारी रहेको तटरक्षक बलले जनाएको छ। आप्रवासीहरूको स्थानान्तरणको क्रममा डुंगा डुबेको अधिकारीहरुले जनाएका छन्।
डुबेका १७ व्यक्तिलाई कार्गो पोतद्वारा उद्धार गरिएको छ। करिब ३० आप्रवासीहरू हराइरहेका छन्।
इटालीको दक्षिणी तट क्यालाब्रियामा भएको पानीजहाज दुर्घटनामा परी कम्तीमा ७६ आप्रवासीको मृत्यु भएको ठीक दुई हप्तापछि भूमध्यसागरमा पछिल्लो विपत्ति आएको हो।
यो दुर्घटनाले इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनीको नेतृत्वमा रहेको दक्षिणपन्थी सरकार रक्षात्मक अवस्थामा पुगेको छ। यसले आप्रवासीहरूलाई बचाउन समयमा हस्तक्षेप गर्न असफल भएको भन्ने तीव्र आलोचनालाई बल पुगेको बताइएको छ।
यस घातक घटनाले भूमध्यसागरका अन्य देशहरूको ‘निष्क्रियता’ उजागर गरेको छ।
रोमले लामो समयदेखि हरेक वर्ष डुंगाबाट युरोप पुग्न खोज्ने दशौं हजार आप्रवासीहरूको मार खेपिरहेको गुनासो आफ्ना ईयू साझेदारहरूसँग गर्दै आएको छ। एजेन्सी
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay