काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्रीलाई ध्यानाकर्षण गर्दै शंकरापुर नगरपालिकाका आन्दोलनरत स्थानीयमाथि ज्यादती नगर्न आग्रह गरेका छन् । उनले यो आग्रह गर्दै गरेको एउटा पोस्टमा सशस्त्र प्रहरीले एउटी वृद्धालाई घिसारिरहेको जस्तो देखिन्छ । उनले फेसबुकमा लेखेका छन् ुहामीले बिर्सिनुहुँदैन हिजो हामीमाथि तात्कालीन सरकारले दमन गर्दा यिनै नागरिकले साथ दिएका थिए, कुनै सुकिला मुकिलाले होइन ।
काठमाडौंको साँखुबाट आधा घण्टाको बाटोमा पुगिने शंकरापुर नगरपालिकाको वडा नं ३ यतिबेला आन्दोलनमा छ । बीच बस्तीलाई उठाएर सबस्टेसन बनाउने विद्युत् प्राधिकरणको निर्णयविरुद्ध स्थानीयहरु आन्दोलनमा उत्रिएका हुन् । प्राधिकरणले २०७३ सालमा नैअमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी को अनुदान सहयोग अन्तर्गत् विद्युत प्राधिकरणले सबस्टेसन र प्रसारण लाइन बनाइरहेको छ। माथिल्लो तामाकोशी आयोजनाबाट उत्पादित विजुली काठमाडौं उपत्यका र नेपालका अन्यत्र पठाउनको लागि शंकरापुरको बोझनी भन्ने ठाउँमा सबस्टेसन राख्ने निर्णय गरेको थियो । उनीहरु त्यतिबेलादेखि नै प्राधिकरणको निर्णयविरुद्ध आन्दोलनमा छन् । यदि त्यहाँ स्टेसन राख्ने हो भने प्रशारणलाइन आन्दोलनरत स्थानीयको बस्तीमाथिबाट जाने गर्छ ।
पछिल्लो समय विद्युत प्राधिकरणले यस क्षेत्रमा सब स्टेशन र प्रसारण लाइन बनाउन सर्वेक्षण गर्न थालेपछि एकसाता अघिदेखि स्थानीयवासी निरन्तर आन्दोलनमा छन् । उनीहरु आफ्नो रोजीरोटी र बस्ती गुमाएर बिजुली स्टेसन राख्न नदिने पक्षमा रहेको भन्दै आफ्नो माटो जोगाउन आन्दोलनमा उत्रिनुपरेको बताउँछन् ।
त्यसो त स्थानीय सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमले पनि स्थानीयवासीको अहिलेको आन्दोलनलाई समर्थन गरेको छ । शंकरापुर नगरपालिकाको कार्यक्रममा बोझनीमा राख्ने भनिएको सबस्टेसनको स्थानान्तरणको पहललाई महत्वका साथ उल्लेख गरिएको छ । अहिलेको आन्दोलनमा नगरपालिकाले पनि साथ दिइरहेको बुझिएको छ । गत आइतबार शंखरापुर ३ का वडा अध्यक्ष सूर्य तामाङस्थानीयसँगै विरोध प्रर्दशन भेटिएका थिए । उनलाई केहीबेर प्रहरीले नियन्त्रणमा पनि लियो ।
यस अगाडि सब स्टेशन निर्माणको जिम्मा पाएको चिनियाँ र भारतीय कम्पनी स्थानीयको विरोधका कारण काम गर्न नसकेर फर्किएको थियो । यो घटनापछि प्राधिरणका निर्देशक कुलमान घिसिङ, राजनीतिक दलका स्थानीय नेता र प्रमुख जिल्ला अधिकारी नै आयोजना निर्माण स्थलमा पुगेपछि काम पुनस् अघि बढेको थियो । काठमाडौंको शंखरापुर नगरपालिका–३ का पाँच वटा बस्ती बोझनी, पाख्रिन टोल, सोझे, ढोक्साङ, नारायण थानका स्थानीयहरू अहिले आन्दोलनमा उत्रिएका छन् ।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay