Saturday Jun 06, 2026


सांसद चन्द्र भण्डारीकी आमा हरिकलाको निधनः भण्डारीको अवस्था जटिल

Image
४ फागुन २०७९, बिहिवार
Avatar
नेपालि खबर

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीकी आमा हरिकलाको उपचारको क्रममा निधन भएको छ ।

ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी नेपाली हरिकलाको उपचारको क्रममा आज बिहान कीर्तिपुरस्थित बोन अस्पतालमा निधन भएको हो ।

८६ वर्षीया हरिकला गएराति काठमाडौं बुद्धनगरस्थित आफ्नै निवासमा भएको ग्यास सिलिन्डर विस्फोटमा परि गम्भीर घाइते भएकी थिइन् । अस्पतालका अनुसार उनको अहिले करिब ११ बजेतिर निधन भएको हो ।

उनको करिब ७० प्रतिशत शरीरको भाग जलेको थियो ।

त्यस्तै आमा बचाउन गएका सांसद भण्डारीसमेत गम्भीर घाइते भएका छन् । उनको पनि हाल सोही अस्पतालमा उपचार भइरहेको छ ।

उनलाई थप उपचारका लागि भारत लैजान चिकित्सकहरुले सिफारिस गरेका छन् । उनको टाउको, दायाँ पट्टीका भाग र फोक्सोमासमेत असर परेकाले अवस्था जटिल रहेको जनाइएको छ ।

Advertisement

सम्बन्धित खबर