धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बिहीबार पद तथा गोपनीयताको सपथ लिने भएका छन् । दिउँसो ४ बजे प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीको सपथ कार्यक्रम तय भएको हो।
रावललाई प्रदेश प्रमुख देवराज जोशीले सपथ खुवाउनेछन् । संविधानको धारा १६८ को उपधारा (२) अनुसार रावल बुधबार मुख्यमन्त्री नियुक्त भएका थिए।
यसैबीच रावलले बिहीबार नै सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। सत्तारुढ गठबन्धनको प्रमुख दल माओवादी केन्द्र र एमालेबाट दुई जना मन्त्री बनाउने तयारी रावलले गरेको स्रोतले जनाएको छ।
उनीहरुले मुख्यमन्त्रीसँगै सपथ ग्रहण गर्नेछन्। तर मन्त्रीपरिषदमा क–कसलाई पठाउने भन्ने बारेमा टुंगो लागिसकेको छैन। त्यसका लागि दलहरू छलफलमा व्यस्त छन्। रावल नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका थिए। तर नागरिक उन्मुक्ति पार्टीले तत्काल सरकारमा नजाने निर्णय गरेको छ ।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay