Wednesday Sep 09, 2026


टर्कीमा भूकम्पमा मृत्यु हुनेको संख्या ४ हजार पुग्यो, १५ हजारबढी घाइते

Image
२४ माघ २०७९, मङ्गलवार
Avatar
नेपालि खबर

एजेन्सी । टर्की र सीरियाको सीमामा केन्द्रविन्दु भएर सोमबार बिहान गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा चार हजार मानिसको मृत्यु भएको पुष्टि भएको छ । 

टर्कीमा २९ सय र सिरियामा ११  सय जनाको मृत्यु भएको टर्कीको सरकारी सञ्चारमाध्यम अनदलु न्यूजले जनाएको छ। भूकम्पका कारण दुवै देशमा  हजारौं घाइते भएका छन्।

टर्कीको गाजियान्टेप प्रान्तको नुरडागीबाट २३ किलोमिटर पूर्वी क्षेत्र केन्द्रविन्दु बनाएर गएको ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पको धक्का लेबनन, साइप्रस र इजरायलसम्म महसुस गरिएको थियो। टर्कीका राष्ट्रपति रेसेप तायिप इर्दोगानले टर्कीमा मात्रै १३ हजार जना घाइते भएको जनाएका छन्। भूकम्पका कारण सिरियामा ३ हजार घाइते भएका छन्। घाइते मध्ये अधिकाशंको अवस्था गम्भीर रहेकोले मृतकको संख्या अझ बढ्न सक्नेछ। अध्याधिक चिसोका कारण उद्धार कठिनाइ भएकाे छ।  

टर्कीका १० वटा सहरमा क्षति पुगेका छन् भने १७ सयभन्दा बढी भवन क्षतिग्रस्त भएका छन्।  सिरियाको एलेप्पो, हामा, लाटाकिया र टार्टसमा बढी क्षति पुगेको छ। यो भूकम्प यस क्षेत्रमा १ सय वर्षयताकै ठूलो भएको बताइएको छ। भूकम्पपछि दर्जनौं परकम्प गएको टर्कीको प्रकोप तथा आपतकालीन व्यवस्थापन प्राधिकरणले जनाएको छ। 

विश्वका नेताहरुले विनाशकारी भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै सहयोगको प्रतिबद्धता जनाएका छन्। 

बेलायती प्रधानमन्त्री ऋषि सुनक, फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रों, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफ, इजरायली राष्ट्रपति आइज्याक हर्जोग, अमेरिकाको ह्वाइटहाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानलगायतले सहयोगको प्रतिबद्धता जनाएका हुन्।

Advertisement

सम्बन्धित खबर