एजेन्सी।युरोपेली मुलुकमा सातामै तीन बैंकको स्थिति नाजुक बनेको छ। अमेरिकाको सिलिकन भ्याली र सिग्नेचर बन्द भएसँगै स्विट्जरल्यान्डको क्रेडिट स्विस बैंक पनि समस्याग्रस्त बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
खासगरी ठूला चिनियाँ ग्राहकलाई सुनिश्चित र सुरक्षित राख्ने नीति ल्याउन नसक्दा हजारौं चिनियाँ ग्रहाकले उक्त वैंकबाट आफ्नो रकम निकालेका थिए । धनी चिनियाँ ग्राहकहरु आफ्नो बचत रकमलाई लिएर चिन्तित रहेको भन्ने समाचार गएको साता सार्वजनीक भएपछि चिनियाँ बचतकर्ता डराएका थिए । यसको असर अधिकांश युरोप र अमेरिकाको बैंकमा एक साता मै देखिएको छ । विश्वमा सबैभन्दा बढी बैदेशीक मुद्रा सञ्चिीती रहेको मुलुक चीनले रुस युक्रेन युद्ध पछि रुससँग मिलेर डलर तथा युरोलाई कमजोर पार्ने रणनीति लिईआएको छ । अहिले अमेरिका तथा युरोपेली देशहरुमा देखिएको आर्थिक संकट त्यसैको प्रतिविम्व हो ।
दि गार्डियनका अनुसार ‘धेरै बलियो बैंक’ को रूपमा परिचित क्रेडिट स्विस बैंकले सेयरमा गरेको लगानी ह्वात्तै घटेर संकटको स्थितिमा पुगेको हो। बैंकको सेयर एकै दिन ३० प्रतिशतले घटेर नाजुक स्थितिमा आएको देखिन्छ।
दि गार्डियनमा भनिएको छ, ‘स्विस ऋणदाताको सेयर बुधबार एक बिन्दुमा ३० प्रतिशतभन्दा बढी झरेर १.५६ स्विस फ्रान्क प्रतिसेयरको रेकर्ड न्यून बिन्दुमा पुगेको छ। यसको शीर्ष सेयरधारक, साउदी नेसनल बैंकले यसलाई नयाँ ऋण उपलब्ध गराउन अस्वीकार गरेपछि समस्या देखिएको हो।,’ यससँगै उक्त बैंक आन्तरिक व्यवस्थापन कमजोर भएकाले पनि यस्तो स्थिति आएको बताइएको छ। यसर्थ, अधिक रूपमा सेयर मूल्य घटेका कारण पनि अब उक्त बैंकमा तरलता समस्या आउन सक्ने औंल्याइएको छ।
यसरी विकसित युरोपियन मुलुकमा पछिल्लो समय बैंकहरू धरापमा पर्न थालेपछि नेपालमा आम सर्वसाधारणमा पनि मनोवैज्ञानिक प्रभाव पर्ने डर देखिन्छ। तर नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट ती मुलुकको बैंकमा भएको समस्या नेपालमा केही नपर्ने बताउँछन्। नेपालका बैंकको जोखिम व्यवस्थापनका लागि केन्द्रीय बैंकले विभिन्न निर्देशन, गाइडलाइन जारी गरी कडाइ गरेको छ तर विदेशका बैंकमा आन्तरिक व्यवस्थापनमा चुकेकाले जोखिम व्यहोर्नु परेको उनले बताए।
उनका अनुसार कतिपय विकसित मुलुकमा यस्ता घटना यस अघि पनि भएको थियो तर यसको प्रभाव नेपाललाई परेन। ‘२००८ सालमा पनि विश्वमै वित्तीय संकट भयो। बेलायतलगायतका केही मुलुकहरूमा केही बैंकहरू फेल पनि भए। त्यति बेलासमेत नेपालमा त्यस्तो केही असर परेको देखिएको थिएन,’ उनले भने, ‘अहिले मुलुकमा सुधार भएको छ। बैंकको निक्षेपको स्रोत रेमिट्यान्स हो। त्यो रेमिट्यान्स बढेको छ। शोधनान्तर स्थिति बचतमा छ। केही अघि बैंकहरूको कर्जा विस्तार उच्च रहे पनि अहिले नियन्त्रित अवस्थामा छ। विगतमा ब्याजदर धेरै तलमाथि जान्थ्यो तर अहिले ब्याजदर स्थायित्वतिर गएको छ।’ बैंकको स्प्रेड दर (कर्जा र निक्षेपको ब्याजदर अन्तर) चैत्रभित्रमा ४.२ प्रतिशतमा ल्याउनु पर्नेछ। यसअघि यस्तो दर ४.४ प्रतिशत कायम गर्नुपथ्र्यो। यसर्थ समग्र लगानीकर्ता सरोकारवालाले धैर्य राख्ने, आफ्नो व्यवसायमा राम्ररी संलग्न हुने हो भने बैंकिङ क्षेत्रमा समस्या नआउने भएकाले संयमित हुन उनले अनुरोध गरे।
यसर्थ अरु मुलुकमा दुई–तीन वटा बैंक फेल भए भनेर नेपालमा त्यस्तो समस्या आउने अवस्था छैन। किनभने राष्ट्र बैंकले नियमन र सुपरिवेक्षण अत्यन्त सूक्ष्म ढंगले गरिएको उनको दाबी छ।
‘अमेरिकाको बन्द भएका बैंकले ब्याजदर जोखिमलाई ख्याल गरेनन्। कम ब्याजदरको सेक्युरिटीमा बढी लगानी गरे र अहिले उच्च ब्याजदरमा निक्षेप लिनुपर्ने अवस्था आयो। यस्तो अवस्था नेपालमा आउँदैन। नेपालका बैंक सुरक्षित छन्।’ डा. भट्टले भने।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay