नेप्से परिसूचक १७.३६ अंकले बढ्यो
April 25, 2023
नेपालि खबर
साताको तेस्रो कारोबारको दिन नेप्से परिसूचक १७ अंकभन्दा बढीले बढेको छ । मंगलवार नेप्से परिसूचक १७.३६ अंकले बढेर १९०५.६८ बिन्दुमा पुगेको छ । सोमवार नेप्से परिसूचक २.७१ अंक बढेको थियो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.२७ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.३० अंक र सेन्सेटिभ इण्डेक्स १.५६ अंकले बढेको छ । मंगलवार कारोबारमा आएका २६४ कम्पनीको २७ लाख कित्ता शेयर ८८ करोड ५५ लाख ७८ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । सोमवारको कारोबारको तुलनामा मंगलवार कारोकार रकम बढेको छ । उक्त दिन ७५ करोडको शेयर कारोबार भएको थियो । नेप्सेका १३ उपसमूहमध्ये म्युचु...