प्रधानमन्त्रीलाई विश्वासको मत दिने नदिनेबारे कांग्रेसमा मत बिभाजन
४ मंसिर २०७९, आइतवार
नेपालि खबर
पौष २६, काठमाडौ । नेपाली कांग्रेसको पदाधिकारी बैठक बसेको छ।
सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा मंगलबार बिहान पदाधिकारी बैठक बसेको हो।
बैठकमा सभापति देउवासहित १३ जना पदाधिकारी सहभागी छन्।
साथै नेता शेखर कोइराला, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला पनि सहभागी छन्।
कांग्रेसले आजै बिहान संसदीय दलको बैठक पनि बोलाएको छ। उक्त बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमै बस्ने तयारी छ।
संसदीय दलको बैठकअघि सभापति देउवाले पार्टीका पदाधिकारी र शीर्ष नेतासँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिनेबारे छलफल गर्दैछन्। पदाधिकारी बैठकबाट निर्णय गरी उक्त कुरा संसदीय दलमा सुनाउने तयारी छ।
भ्कभधबलष्अ
प्रधानमन्त्री पुष्पकमल दाहालले आज बिहान ११ बजे प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन्। दाहालले सोमबार साँझ देउवासँग विश्वासको मत मागेका थिए।
आफूलाई विश्वासको मत दिए सभामुखलगायत कुनै एक पद दिन सकिने प्रधानमन्त्री दाहालले कांग्रेसलाई आश्वासन दिएको एक नेता दाबी गर्छन्। तर कांग्रेसले भने राष्ट्रपति पाउनुपर्ने बताइरहेको छ।
कांग्रेसभित्र संस्थापनइतर समूहका सांसदहरूले प्रमुख प्रतिपक्षी दलको भूमिका पार्टी रहनुपर्ने र विश्वासको मतको खिलापमा मतदान गर्नुपर्ने अडान राखेका छन्।