जाली तमसुक खारेज गर ! सुदखोरहरु होसियार !!
काठमाण्डौं।सरकारले पहिले गरेका सम्झौता पालना नगरेको र नयाँ सहमति पनि फितलो भएको भन्दै मिटरब्याज पीडितहरू आन्दोलित भएका छन् । ११ दिनको पैदलयात्रापछि गत साता बर्दिबासबाट हिँडेर काठमाडौं आएका पीडितहरूसँग सरकारले गरेको सहमति पनि फितलो भएको भन्दै दबाब दिन मधेसका विभिन्न २० जिल्लाका पीडितहरू सोमबार काठमाडौं आइपुगेका हुन् ।एक हजारभन्दा धेरै पीडितहरू आइतबार राति नै बसबाट काठमाडौंका लागि प्रस्थान गरेका थिए । सरकारले आफ्ना माग पूरा नगरेसम्म घर नफर्किने भन्दै उनीहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरिरहेका छन् । मिटरब्याज पीडितहरूले सोमबार दिउँसो भद्रका...